Category: समाचार
-
स्वाबको रिपोर्ट नआएसम्म अलग्गै बस्नुः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।
-
रसियाको कोविद १९ को भ्याक्सिन भारतमा ट्रायल नगरिने
साउन २९, नया दिल्ली । रसियामा हालै राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो देश कोविद १९ विरुद्धको भ्याक्सिन बनाउन सफल भएको घोषणा गर्दै अव छिट्टै त्यसको प्रयोग गर्ने पत्रकार सम्मेलन मार्फत गराउनु भएपछि नेपाल लगायत संसारभरी चासो र चिन्ता उत्पन्न भएको छ । अमेरिकाको स्वास्थ्य विभाग तथा अन्य वैज्ञानिकहरुले क्लिनिकल ट्रायल नगरीकन उक्त रसियन भ्याक्सिनको प्रयोग घातक…
-
कर्णालीमा विप्लव समूहका १३ कार्यकर्ता पक्राउ
कर्णाली । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई दुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ ।…
-
अवैध रुपमा मृगौला प्रत्यारोपण गराएको अभियोगमा पक्राउ परेका मध्ये १२ जना धरौटीमा रिहा
काठमाडौं । अवैध रुपमा मृगौला प्रत्यारोपण गराउने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका १३ जना मध्ये १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार ललितपुर जिल्ला अदालतले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएकोमा रेश्मा राई धरौटी बुझाउन नसकी थुनामा गएकी छन् भने अन्य १२ जना धरौटी बुझाएर रिहा भएका छन् । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष…
-
सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गरेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेको भन्दै बिहीबारदेखि सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको हो ।
-
राप्रपाको एकीकरण सम्बन्धि आधारपत्रको थप व्याख्याका लागि सुझाव समिति गठन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप व्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि सुझाव समिति गठन गरेको छ । अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बुधबार बसेको बैठकले सुझाव समिति गठन गरेको हो । समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ, राजेन्द्र…
-
पत्रकार बानियाँ मृत फेला
काठमाडौँ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन…
-
१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ
काठमाडौं । सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग १७ हजार घुसररिसवत लिएको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा यादव, सवडिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई,…
-
कोरोना संक्रमणबाट धनुषाका एक होटल व्यवसायीको मृत्यु
जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिएका छन् । उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । गिरीको स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । होटल रामाका संचालक समेत…
-
डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।…
-
यी हुन जिल्ला न्यायाधीश परीक्षामा सफल उम्मेदवार
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मंगलबार बसेको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो । आयोगले आन्तरिक खुलाबाट यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, केशवराज चपाईं रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद…
-
चौरजहारी घटनामा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रूप लिएको कारोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा यसअघि जारी भएको आदेशमा हेरफेर तथा थपघट गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवामात्र दिने निर्णय गरेको जानकारी दिए…