Category: समाचार
-
प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई तथा शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।
-
-
चन्द्रागिरि नगरपालिकाले पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए । नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा…
-
सिन्धुपाल्चोकका पहिरो पीडितलाई उचित राहत उपलब्ध गराउन राणाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट पीडित भएका परिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘अविरल बर्षापछि आएको पहिरोको कारण आज शुक्रबार विहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लिदीमा ठूलो जनधनको क्षति भएकोमा म अत्यन्त दुःिखत छु,’ राप्रपा अध्यक्ष राणाले शुक्रबार…
-
नेपालको अद्यावधिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत
काठमाडौं । सरकारले नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् । नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो…
-
प्रहरी कल्याण कोषको एक करोड आठ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा असई पक्राउ
काठमाडौं । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा एक करोड आठ लाख ९९ हजार एक सय चौरासी रुपैंयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
-
मुलुकमा भरपर्दो र विश्वासनिय पार्टीको खाँचोः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण गाईजात्रा देखाएको आरोप लगाएका छन् । पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र “परिश्रम“ त्रैमासिक बुलेटिनको शुक्रबार एक सामारोहका बीच बिमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्णरुपमा…
-
व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशालबजार क्षेत्रमा सिल
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । वडा कार्यालयले विज्ञप्ति जारी गरी…
-
सिन्धुपाल्चोकको लिदीमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार…
-
पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु
कालिकोट । पहिरोले घर पुर्दा कालिकोटमा ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका वडा नम्बर ३ नख्खुमा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको हो । गएराति महाबै गाउँपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन्…
-
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो, पाँच परिवार सम्पर्कबिहीन
काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कबिहीन रहेका र कति जना पुरिए भन्ने अझै खुल्न…
-
विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार भन्दा बढी सवारीसाधन नाकाबाटै फिर्ता
काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई फर्काएको जनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको जानकारी दिएको हो । त्यस्तै मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई…