Category: समाचार

  • यस्ता छन् मन्त्रिपरषिद बैठकका २२ निर्णय

    यस्ता छन् मन्त्रिपरषिद बैठकका २२ निर्णय

    काठमाडौं । सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अनुमति पत्र ‘नो अब्जेक्सन’ लेटर जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन…

  • नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

    नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

    वीरगंज । बारामा कोरोना संक्रमणबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा बाराको हर्दियाकी २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् । ३३ हप्ताकी गर्भवती उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । ती महिलाको स्वाब संकलन गरी परीक्षण…

  • प्लाज्मा बैंक स्थापना गर्न सरकारलाई विज्ञहरुको सुझाव

    प्लाज्मा बैंक स्थापना गर्न सरकारलाई विज्ञहरुको सुझाव

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन् । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्छ भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताएका हुन् । कोरोनाविरूद्ध अग्रपङ्क्तिमा खटिरहेका…

  • लक्षण नभएका बिरामीलाई १४ दिन भन्दा बढी अस्पतालमा राख्न नपाइने

    लक्षण नभएका बिरामीलाई १४ दिन भन्दा बढी अस्पतालमा राख्न नपाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन…

  • उपेन्द्र कोइरालाको नियुक्तिमा म सितको सम्बन्धको दुरूपयोग भएको छैनः उपप्रधानमन्त्री पोखरेल

    उपेन्द्र कोइरालाको नियुक्तिमा म सितको सम्बन्धको दुरूपयोग भएको छैनः उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका समाचारको खण्डन गरेका छन् । पोखरेलले विज्ञप्ति जारी गरी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको र त्यो आफ्नो सरोकारको विषय नभएको बताएका हुन् । ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका…

  • कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको खबरदारी

    कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको खबरदारी

    काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले कुनै योजना नबनाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिले देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको जनाएको हो । काँग्रेसले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने…

  • नेपालगंजका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    नेपालगंजका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    नेपालगंज । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज…

  • कोरोना भाइरसको महामारीका कारण लक्ष्यअनुसार काम गर्न सकिएनः पर्यटनमन्त्री भट्टराई

    कोरोना भाइरसको महामारीका कारण लक्ष्यअनुसार काम गर्न सकिएनः पर्यटनमन्त्री भट्टराई

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति भएको जनाएको छ । मंगलबार सिंहदरबारमा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पुस्तिका सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीको कारण लक्ष्यअनुसार काम गर्न नसकेको बताए । भट्टराईले सबैभन्दा धेरै पुँजीगत…

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोर कुमार मोक्तानविरुद्ध एक लाख पचास हजार रुपैयाँ कायम गरी घुस रिसवत लिई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार…

  • कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको निधन

    कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको निधन

    काठमाडौ । कोरोना संक्रमणबाट काठमाडौँमा कांग्रेस नेताको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको हो । उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट वडा अध्यक्षको प्रत्यासी थिए । संक्रमणका कारण उनको केही दिनदेखि अवस्था चिन्ताजनक थियो । वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले…

  • सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

    सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । सत्तारूढ नेकपाको  सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तापछि सचिवालय बैठकको मिति तोकिएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल…

  • काठमाडौं उपत्यकामा  दुई हजार ७४६ जना कोरोना संक्रमित, २८ हजारको पीसीआर परीक्षण गरिने

    काठमाडौं उपत्यकामा दुई हजार ७४६ जना कोरोना संक्रमित, २८ हजारको पीसीआर परीक्षण गरिने

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र भदौ ६ गतेसम्ममा २ हजार ७४६ जना कोरोना भाइरसबाट संक्रमित भए । जसमध्ये काठमाडौं जिल्लामा २ हजार १८७ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा २५१ जनामा संक्रमण देखिएको छ । यसरी संक्रमण देखिएकामध्ये ३०.७ प्रतिशत व्यक्तिहरुले यात्रा गरेका थिए भने ५१.४ प्रतिशतले यात्रा गरेका थिएनन् । १७.८ प्रतिशत बिरामीले…