Category: सूचना प्रविधि
-
फेसबुकले हटायो ट्रम्पको स्टाटस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ । कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए…
-
टिकटक विक्रिबाट आएको पैसा अमेरिकालाई पनि दिनुपर्ने ट्रम्पको माग
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका छन् । ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग सप्ताहान्तमा फोनमा कुराकानी गर्दा खरिद रकमको राम्रो भाग माग गरेको बताएका हुन् । उनले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सेप्टेम्बर १५ सम्म विक्रीको सहमति नगरे उक्त एपलाई प्रतिबन्ध लगाउने बताएका छन्…
-
नेकपाका शीर्ष नेता धनगढीमा
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…
-
नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने
काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि बनाएको कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । विहीबारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले…
-
बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !
९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । १० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी…
-
लेखाले नाम र रकम तोक्दा वाइडबडी छानविन गर्न गाह्रो भोः अख्तियार
९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा लेखा समितिले गरेको सिफारिसले अप्ठेरो परेको बताएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समिति सभापति भरत साहलाई नाम र रकम नै किटेर गरिएको कारवाही र निगमको सिफारिसले अख्तियार अप्ठेरोमा परेको बताएका हुन् ।
-
ग्राहक संख्याको विवरण गलत दिँदै मासिक करोडौं कर छल्दै डिसहोम
काठमाडौं । डिसहोमले मासिक करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार सार्वजनिक भएको छ । व्यवसायी चन्द्र ढकालले अगुवाइ गर्ने आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्याको गलत विवरण तयार पारी कर छली गर्दै आएको खुलेको छ । ग्राहक संख्या खुलस्त नपार्नु, पब्लिक कम्पनीले आफ्नो विवरण सार्वजनिक नगर्नु र नियामक निकायसँग…
-
करोडौं कर छल्ने डिस होम राजस्व अनुसन्धान र राजस्व विभागको निगरानीमा
काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्या बताउँदै करोडौं रुपैयाँ कर छली गर्दै करिब २० प्रतिशतमात्र कर तिर्दै आएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान थालेको छ । डिस होमले ग्राहक संख्या लुकाएर मासिक ४ करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार खोजतलास साप्ताहिकलगायत विभिन्न अनलाइनमा प्रकाशित भएपछि विभागले अनुसन्धान थालेको हो । डिस…