Category: सूचना प्रविधि

  • टिकटकद्वारा अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

    टिकटकद्वारा अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

    टिकटकले उसको अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन् । ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन् । चिनियाँ…

  • सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

    सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

    सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र…

  • भारतमा चीनका  ११७  वटा एपमाथि प्रतिबन्धित

    भारतमा चीनका ११७ वटा एपमाथि प्रतिबन्धित

    चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन् । यसअघि भारत सरकारले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो । पछिल्लोपटक प्रतिबन्धित गरिएका…

  • भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक

    भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ । ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in  बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो । सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै…

  • सोचेकै भरमा कप्म्युटर चलाउन सकिने

    सोचेकै भरमा कप्म्युटर चलाउन सकिने

    विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्कले मस्तिष्कमा कम्प्युटर चीप राखिएको एक सुँगुर सार्वजनिक गरेका छन् । सो कार्यक्रमले उनको महत्व्कांक्षी मस्तिष्कलाई उपकरणमा जोड्ने तरिकाको प्रदर्शन गरेको छ । यो मस्तिष्कमा साना तार जडित सानो उपकरण भएको उनले बताए । उनको स्टार्टअप कम्पनी न्यूरालीङ्कले मानिसको यो प्रविधि परीक्षण गर्न गत वर्ष आवेदन दिइसकेको छ ।…

  • ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका…

  • कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

    कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

    पोखरा । गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको…

  • टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै…

  • थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रूप बन्द

    थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रूप बन्द

    थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा समूहलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । बैंककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ । थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् । तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ । थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । विदेशबाट…

  • प्रतिबन्धविरुद्ध टिकटकले अमेरिकामा कानुनी उपचार खोज्ने

    प्रतिबन्धविरुद्ध टिकटकले अमेरिकामा कानुनी उपचार खोज्ने

    चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ । राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ । अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । तर बाईटडान्सले त्यस्ता आशङ्का…

  • एपल र नाइकीलाई ‘चीन उइगर सम्बन्ध’ भङ्ग गर्न आग्रह

    एपल र नाइकीलाई ‘चीन उइगर सम्बन्ध’ भङ्ग गर्न आग्रह

    नाइकीसहितका ठूला कम्पनीहरूले चीनका उइगर मुस्लिमहरूलाई बलजफती काममा लगाएर गरिएको उत्पादनका आपूर्तिकर्तासँग सम्बन्ध तोड्न दबाव झेलिरहेका छन् । मुस्लिम अल्पसङ्ख्यकमाथि चीनद्वारा गरिएको दमनलाई प्रोत्साहन गरेको र त्यसबाट फाइदा लिइरहेको आरोप लगाउँदै अधिकारकर्मीहरूले एउटा अभियान पनि थालेका छन् । संयुक्त राज्य अमेरिकाले पनि सिन्जियाङमा व्यापार गरिरहेका कम्पनीहरूलाई चेतावनी दिँदै आर्थिक दबाव बढाइरहेको छ । नाइकी र…

  • ट्रम्पद्वारा टिकटक र वीच्याटमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

    ट्रम्पद्वारा टिकटक र वीच्याटमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई व्यापार गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आगामी ४५ दिनमा ती आदेशहरू लागू हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ । ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन्…