Category: हाइलाइट

  • बुटवलमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    बुटवलमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका…

  • रातो मच्छिन्द्रनाथको रथ आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

    रातो मच्छिन्द्रनाथको रथ आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाएपनि केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला…

  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थ एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री…

  • १३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

    १३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा…

  • खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार ?

    खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार ?

    काठमाडौं । साझा पार्टीले कोभिड १९ को संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको भन्दै सरकारलाई उनीहरुको जीवन रक्षा गर्न माग गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएका भन्दै सरकारलाई उनीहरुको रोजीरोटीको व्यवस्था गर्न माग गरेका हुन् ।…

  • कर्फ्युका कारण सुनसान ललितपुर

    कर्फ्युका कारण सुनसान ललितपुर

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यू आदेशका कारण ललितपुर महानगरभित्रको जनजिवन पूर्णरुपमा प्रभावित भएको छ । कर्फ्यू आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरभित्र अत्यावश्येकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार…

  • कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

    काठमाडौं । रुपन्देहीको बुटवलका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी

    ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ । ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको…

  • कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ जनामा संक्रमण

    कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ जनामा संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२२८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४२,८७७ पुगेको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा…

  • वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

    वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज…

  • निषेधाज्ञाको आदेश सच्याउन उपत्यका मेयर फोरमको माग

    निषेधाज्ञाको आदेश सच्याउन उपत्यका मेयर फोरमको माग

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेध आज्ञाको सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा ३ मा उल्लेख व्यवस्याप्रति उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस बुँदामा ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल÷व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि बेलदुका ९ बजेसम्म…

  • कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु

    बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो…