Category: हाइलाइट
-
अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा बुधबार विभिन्न सञ्चारगृहका सम्पादकहरुसँगको अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पीसीआर जाँच गरिने जानकारी दिएका हुन् । मन्त्री ढकालले आवश्यकताअनुसार परीक्षण गर्दै लगिने र सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखि र पीसीआर परीक्षण गरिने बताए…
-
कोरोना संक्रमण फैलँदै गएपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौं । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट,…
-
काठमाडौंका ५७ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै पीसीआर विधिबाट अहिलेसम्म ४,१२,९५३ जनाको नमुना परीक्षण गरिएको छ ।…
-
सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु
सप्तरी । सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखिएका तीनजना बिरामीको मृत्यु भएको छ । राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका दुईजना र होम क्वारेन्टिनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । दीर्घ रोगी रहेका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल…
-
प्रचण्डलाई वामदेवको जवाफः म कुनै पनि गुटमा लाग्दिनँ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कुनै पनि गुटमा नलाग्ने स्पष्ट पारेका छन् । उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष गौतमबीच मंगलबार भएको भेटका बारेमा स्पष्ट पार्दै बुधबार बिहान जारी गरेको प्रेस नोटमा गौतमले आफू कुनै गुटमा नलाग्ने स्पष्ट पारेको जानकारी गराएका…
-
कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई देउवाका सात सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात सुझाव दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्रीले आयोजना गरेको परामर्शका क्रममा सभापति देउवाले सात सुझाव दिएका हुन् । यस्ता छन् सभापति शेरबहादुर देउवाले राख्नु भएको ७ बुँदे सुझाव र माग । (१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस्…
-
हाम्रै पार्टीमा हेर्नुस् न यो महामारीमा कति गैरजिम्मेवारपन छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने माध्यम बनाएको भन्दै संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका हुन् । कहिले लकडाउन किन गरेको भनेर विरोध गरेको र कहिले लकडाउन…
-
उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१,००९ पुगेको छ…
-
आकष्मिक रूपमा चिनीया विदेशमंत्री नारायणहिटीमा
काठमाडौं, चीनिया विदेशमंत्री वाङले नेपालको तीन दिने औपमचारिक भ्रमणको अन्तिम दिन हिजो स्वदेश प्रस्थान गर्नुअघि नारायणहिटी राजदरवारको अवलोकन भ्रमण गरेका छन् । यस घटनालाई पर्यवेक्षकहरुले नेपाललाई चीनले कूटनीतिक सन्देश छोडेको अर्थमा लगाउन थालेका छन् । भारत भ्रमणमा रहेका बेला चीनका राष्ट्रपति सी जीनपीनलाई एकाध घण्टाको लागि भए पनि नेपालको भ्रमण गराउने सत्तारुढ नेताहरुको प्रयत्न तुहिने…