Category: स्वास्थ्य/शिक्षा
-
रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
-
धरानमा कोरोना संक्रमित झापाका एक बृद्धको उपचारका क्रममा मृत्यु
झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खाका कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन् । झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि…
-
कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु
भक्तपुर । कोरोना संक्रमणका कारण भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने…
-
कोरोना भाइरसको सङ्क्रमण केही दिन थप वृद्धि हुने स्वास्थ्य मन्त्रालयको अनुमान
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको…
-
चितवनका थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवनमा बिहीबार राति थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनमा १६ र नवलपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
-
थप ११ सय ११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,१११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २७० जनामा, भक्तपुरमा ४१ जना र ललितपुरमा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,६२९ जनाको नमुना…
-
कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीको प्रादेशिक अस्पताल र दैलेख अस्पतालमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
भेरीमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा विभिन्न जिल्लाका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
-
कैलालीमा थप १२ जनामा कोरोना संक्रमण
काठमाडौैं । कैलालीमा बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
-
नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु
वीरगंज । बारामा कोरोना संक्रमणबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा बाराको हर्दियाकी २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् । ३३ हप्ताकी गर्भवती उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । ती महिलाको स्वाब संकलन गरी परीक्षण…
-
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा एक जना, बागलुङमा ८ जना, लमजुङमा ४ जना, तनहुँमा ९ जना र नवलपरासीमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
पोखरामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौं । पोखरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भई भदौ सात गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ की ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।