Category: स्वास्थ्य/शिक्षा
-
भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा मंगलबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बाँकेका २६ र नेपाली सेनाका २९ जना रहेका छन् ।
-
बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन्ः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सरकारले कोरोनाविरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । उनले कोरोनालाई…
-
कोरोना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु
जनकपुरधाम । धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गएराति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा…
-
गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, तनहुँ र कास्कीमा गरी थप आठ जनामा संक्रमण पुष्टि भएको हो ।
-
थप ३३८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लोल २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनो संक्रमण पुष्टि भएको हो । काठमाडौंमा थप ३६ जनामा, ललितपुरमा ४ र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,४३२ जनाको…
-
कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा १७, सुर्खेतमा एक र सल्यानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप २० जनामा संक्रमण पुष्टि
काठमाडौं । भेरी प्रादेशिक अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका १५, कैलालीका २, दाङका १, बर्दियाका १ र सल्यानका एक जनामा संक्रमण पुष्टि भएको हो । नेपालगंज मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सका समेत संक्रमण पुष्टि भएको छ ।
-
गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी, स्याङ्जा, पर्वत, तनहुँ र कास्कीमा गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,६२० पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको…
-
-
काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा आइतबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…
-
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, जुम्ला र कालिकोटमा गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
भारतद्वारा नेपाली सेनालाई दश वटा आइसियु भेन्टिलेटर प्रदान
काठमाडौं । कोभिड–१९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गरे । मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका…