Category: विजनेश

  • बिनाधितो ऋणको व्यवस्था गर्न व्यवसायीको माग

    बिनाधितो ऋणको व्यवस्था गर्न व्यवसायीको माग

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनका लागि पहल गरिदिन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । लामो समय बन्द्याबन्दी भए पनि निजी क्षेत्रका लागि सरकारले ठोस राहतका योजनाहरु नल्याएको र उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै महासंघले आइतबार…

  • बजारमा व्यापारीको मनपरीः बिक्री गर्न योग्य र म्याद गुज्रेर अयोग्य खाद्य सामान एकै ठाउँमा

    बजारमा व्यापारीको मनपरीः बिक्री गर्न योग्य र म्याद गुज्रेर अयोग्य खाद्य सामान एकै ठाउँमा

    काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्न छुट्टै ठाउँको व्यवस्था नगरिएको पाइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो । दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो ?…

  • नेपाल बैंकले सामुुदायिक विद्यालयका छात्रा खाता खोल्ने

    नेपाल बैंकले सामुुदायिक विद्यालयका छात्रा खाता खोल्ने

    काठमाडौं । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने…

  • आर्थिक क्रियाकलाप सकारात्मक रहेको गभर्नरको दाबी

    आर्थिक क्रियाकलाप सकारात्मक रहेको गभर्नरको दाबी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग आयोजना गरेको श्रव्य दृश्य छलफलमा गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधानान्तर स्थिति बचतमा रहेकाले…

  • अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

    अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

    काठमाडौं। अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि,…

  • बिहीबारसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र  बैंकको निर्देशन

    बिहीबारसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सूचना जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले राजश्व उठाउने म्याद…

  • सरकारद्वारा समयमै रसायनिक मल आयात नगर्ने  कम्पनीसँगको ठेक्का सम्झौता रद्द

    सरकारद्वारा समयमै रसायनिक मल आयात नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता रद्द

    काठमाडौँ सरकारले समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो । शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ ।…

  • विश्व बैंकद्वारा नेपाललाई एक अर्ब २७ करोड अनुदान सहयोग

    विश्व बैंकद्वारा नेपाललाई एक अर्ब २७ करोड अनुदान सहयोग

    काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्राबर आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद…

  • रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त

    रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त

    काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको…

  • पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो

    पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो । मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।…

  • खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ

    खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ

    काठमाडौं । खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । अनुगमनपछि कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भने,‘अहिलेको मुख्य समस्या…

  • रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैनः महासंघ

    रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैनः महासंघ

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, मुलुकको…