तोलामा २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबार ६ हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने २४ सय रुपैयाँले बढेको छ । बिहीबार एकै दिन सुनको मुल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २९५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार २१० रुपैयाँ प्रति तोला रहेको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *