छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ४३५ रुपैयाँ प्रतितोला रहेको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *