साउन २६, काठमाडौं । नेकपाका नेता तथा पूर्व प्रधानमंत्री माधवकुमार नेपालले गौतम बुद्धका बारेमा भारतका विदेशमंत्री एस जयशंकरको भनाईलाई आपत्तिजनक भन्दै आफ्नो विरोध जनाएका छन् । फेसबुक मार्फत नेपालको प्रतिकृया सार्वजनिक भएको हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमणलाईलिएर दुई महिनादेखि नेपाल र भारतबीच विज्ञप्ति वा भाषण मार्फत आरोप प्रत्यारोप गर्ने कार्यहरु भइरहेको छ, जसबाट दुई देशबीच उत्पन्न तनावको सामान्यीकरण हुन सकेको छैन । भारतले कूटनीतिक वार्ताद्वारा समस्याको निदान खोज्ने नेपाल सरकारको प्रयासलाई भारतले महत्व नदिएपछि आरोप प्रत्यारोप हुदैआएको छ ।
यसअघि, राम भगवानको जन्मस्थानको विषयलाई लिएर प्रधानमंत्री केपी शर्मा ओलीको भनाईबाट नया विवाद खडा भएको थियो । यही क्रममा भगवान गौतम बुद्धको प्रसंग भारतीय विदेश मंत्रीबाट आएको हो ।
भारतीय उद्योग परिसंघ (सीआईआई) को साउन २५ गते नया दिल्लीमा आयोजित एक कार्यक्रममा भारतका विदेशमंत्री एस जयशंकरले भनेका थिए यस्तो को महानतम भारतीय हुुनुहुन्छ, जसलाई तपाईहरुले सम्झिनु हुन्छ भन्ने प्रश्न श्रोताहरुसम्मुख राख्दै भगवान गौतम बुद्ध र अर्का महात्मा गांधी हुनुहुन्थ्यो भन्न ेआफूलाई लागेको बताएका थिए ।
यस नया विवादका कारण परराष्ट मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने एक स्थापित र निर्विवाद तथ्य हो भनेको छ । नेपाल सरकारको आधिकारिक धारणा आएपछि अहिलेसम्म भारतको अर्को प्रतिकृया आएको छैन ।
Leave a Reply