भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोविद १९ भाइरस संक्रमण भएको छ । तर सरकारी सूत्रले त्यसबारे केही पनि बताएको छैन । भारतीय परम्पराअनुसार पूर्व पूर्वराष्ट्रपतिको उपचारको सम्पूर्ण दायित्व संघीय सरकारको हुने हुन्छ ।
८४ वर्षिय प्रणवले आफूलाई कोविद १९ संक्रमण भएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका हुन् । अन्य उपचारका लागि अस्पताल जादा कोविद १९ को संक्रमण भएको कुरा उनले जनाएका छन् र आफूसंग गत एक साता यता सम्पर्कमा आएका सबैलाई जाच गर्न पनि अनुरोध गरेका छन् ।
सोमवार उनले ट्विट गर्दै अस्पतालमा स्वास्थ्य चेक जाँचका लागि जाँदा कोरोना पुष्टि भएको बताएका छन् । तर कसरी उनलाई कोरोना संक्रमण भयो भन्नेबारे केही पनि जनाइएको छैन ।
प्रणव मुखर्जी भारतका १३ औं राष्टपति सन् २०१२ देखि १७ सम्म रहेका थिए । उनी भारतको संघीय मंत्री रहेका बखत् नेपालमा राजनीतिक परिवर्तन गराउन भारतले अहम् भूमिका खेलेको दावी गरेर उनी भारतमै पनि आलोच्य बनेका थिए ।
Leave a Reply