काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाममा सरकारले लापरबाही गरेको र परीक्षणको दायरा बढाउन माग गर्दै ‘इनफ इज इनफ’ अभियानका ईशान अधिकारी ‘ई’ले अनशन थालेको २२ दिन पुगेको छ ।
अनसन सुरु गरेको १७ औं दिनमा स्वास्थ्य विग्रिएपछि ई लाई अस्पताल भर्ना गरिएको छ तर उनले अनसन तोडेका छैनन् । तर सरकारले माग पूरा गर्नेबारेमा बेवास्ता गरेको छ । सरकारले अभियन्ताको माग पूरा गर्न बेवास्ता गरेको भन्दै साझा पार्टीले शनिबार पाटन दरबार क्षेत्रमा कलामार्फत विरोध गरेको छ ।
Leave a Reply