लगानी बोर्डको सिईओ नियुक्तिमा मेरो कुनै सरोकार छैनः वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्न आफुले सिफारिस नगरेको स्पस्ट पारेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले भट्टको नियुक्ति आफ्नो सरोकारभन्दा बाहिरको विषय भएको उल्लेख गरेका हुन्।

विज्ञप्तितमा ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ, तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन्। यो मेरो सरोकार भन्दा बाहिरको विषय हो।’

गलत मिडियावाजिको खन्डन
——————————
१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ ।
तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।

२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समुह वनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाऊदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।

३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाहरुले वोलाउदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि वहांलाई गंभीर आलोचना गर्ने गरेको छु। क . प्रचन्डलाई पनि वहाकै अगाडि वहाको आलोचना गर्ने गरेको छु।

पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेला लाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुट संग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)