विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ८० लाख २२ हजार २ सय ७६ पुगेको हो । यस्तै, एकैदिन २ लाख ६९ हजार ८ सय ३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १ लाख ६ सय ६० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।
यस्तै एकै दिन थप ६ हजार १९९ को मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ८ हजार पुगेको छ । संक्रमितमध्ये ७० लाख १३ हजार ६ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ५ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा संक्रमितको संख्या ६५ लाख ४९ हजार ४ सय नाघेको छ । कोरोनाका कारण १ लाख ९५ हजार २ सय बढीको मृत्यु भएको छ भने ३८ लाख ४६ हजार मानिस निको भएका छन् ।
यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ भने ३४ लाख ६९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा ४१ लाख ९९ हजार ३ सय मानिस संक्रमित भएका छन् भने १ लाख २६ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३४ लाख ५३ हजार ३ सय भन्दाबढी निको भएका छन् ।
Leave a Reply