काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको कोइरालाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, प्रिय साथीहरू ! आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसन (Home Isolation) मा बसेको छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु । जय नेपाल ।’
Leave a Reply