कोरोना संक्रमणबाट विश्वमा ८ लाख ९६ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ८ सय ६० पुगेको छ ।

विश्वका २ सय १६ देशका २ करोड ७४ लाख ८५ हजार ९ सय ४४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९ सय भन्दाबढीमा संक्रमण पुष्टि भएका छन् भने २ लाख १६ हजार ८ सय भन्दाबढी कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ८७ हजार ५ सय ३५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।
संक्रमितमध्ये ७० लाख १ हजार ५ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार २ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

यस्तै, युरोपियन मुलुकहरूमा ३८ लाख ३१ हजार १७९ जना,उत्तर अमेरिकी मुलुकहरूमा ७७ लाख ६०४ जना,एसियाली मुलुकहरूमा ७८ लाख ५७ हजार ६४१ जना,दक्षिण अमेरिकी मुलुकहरूमा ६७ लाख ४७ हजार ४४५ जना ,अफ्रिकी मुलुकहरूमा १३ लाख १२ हजार १७९ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २९ हजार ३४६ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६४ लाख ८५ हजार ५ सय नाघेको छ । यस्तै, १ लाख ९३ हजार ५ सय बढीको मृत्यु भएको छ भने ३७ लाख ५८ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, छिमेकी मुलुक भारतमा ४२ लाख ७७ हजार ५ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७२ हजार ८ सय १६ पुगेको छ । संक्रमितमध्ये ३३ लाख २१ हजार ४ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४१ लाख ४७ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २७ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३३ लाख ५५ हजार ५ सय भन्दाबढी निको भएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *