ओलम्पियनको कोरोना बीमा गरिने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।

बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो । केही दिन अघि कोरोनाबाट संक्रमित हुनु भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *