लेलेको जंगलमा अल्का अस्पतालकी महिला कर्मचारीको शव फेला

काठमाडौं । अल्का अस्पताल ललितपुरमा कार्यरत गीता केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । प्रहरीले हत्याको आशंकामा अनुसन्धानका लागि उनका नातेदार युवालाई नियन्त्रणमा लिएको छ ।

मृतकको घर भैंसेपाटीमा हो । उनको परिवारले गीता हराएको निवेदन तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा दिएका थिए । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा उनको शव भेटिएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *