विश्वमा २ करोड ६४ लाख भन्दा बढीमा कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ६४ लाख ६७ हजार ४ सय भन्दाबढी संक्रमित भएकामा त्यसमध्ये ८ लाख ७३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ।

यस्तै, १ करोड ८६ लाख ६१ हजार ५ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६९ लाख ३२ हजार ७ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ७ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६३ लाख ६४ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ९१ हजार बढीको मृत्यु भएका छन् भने ३५ लाख ७५ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ४० लाख ४६ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २४ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३२ लाख ४७ हजार ६ सय भन्दाबढी निको भएका छन् । छिमेकी मुलुक भारतमा ३९ लाख ३३ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ हजार ५ सय ६९ पुगेको छ । संक्रमितमध्ये ३० लाख ३४ हजार ८ सय भन्दा धेरै निको भएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *