काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२२८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४२,८७७ पुगेको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १३,४१३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा क्वारेन्टाइनमा ६,७४९ जना रहेकमा छन् । आइसोलेसनामा १८,४१३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ९१७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २४,२०७ पुगेको छ । यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र दुई पुरुषको मृत्यु भएको हो । चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक एक महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
Leave a Reply