थप ११२० जनामा कोरोना संक्रमण, ६ महिला र ६ पुरुषसहित थप १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३५०,भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै क्वारेन्टाइनमा ६,७६६ जना रहेका छन् । योसँगै संक्रमितको संख्या ४१६४९ पुगेको छ । आइसोलेसनमा १८,१०८ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप १,११२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २३,२९० पुगेको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र ६ पुरुष छन् । चितवनका दुई महिला, काठमाडौं, ललितपुर र तनहुँका एक एक महिला तथा कपिलवस्तु, बारा, चितवन, भक्तपुर र धादिङका एक एक अनि काठमाडौंका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुेको संख्या २ सय ५१ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *