हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

काठमाडौं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए। पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने भन्दै महर्जनले नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए । हाछेथूले ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् । हाछेथू २०७५ सालमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *