थप ८८४ जनामा कोरोना संक्रमण, मृतकको संख्या २०७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १५५, भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११५१६ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा ८०३५ जना रहेका छन् । आइसोलेसनमा सक्रिय संक्रमितको संख्या १६५७८ रहेको मन्त्रालयले जनाएको छ । शनिबार थप ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०५५५ पुगेको छ ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिला र नौ पुरुषको मृत्यु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा २, २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *