आकष्मिक रूपमा चिनीया विदेशमंत्री नारायणहिटीमा

काठमाडौं, चीनिया विदेशमंत्री वाङले नेपालको तीन दिने औपमचारिक भ्रमणको अन्तिम दिन हिजो स्वदेश प्रस्थान गर्नुअघि नारायणहिटी राजदरवारको अवलोकन भ्रमण गरेका छन् । यस घटनालाई पर्यवेक्षकहरुले नेपाललाई चीनले कूटनीतिक सन्देश छोडेको अर्थमा लगाउन थालेका छन् ।

भारत भ्रमणमा रहेका बेला चीनका राष्ट्रपति सी जीनपीनलाई एकाध घण्टाको लागि भए पनि नेपालको भ्रमण गराउने सत्तारुढ नेताहरुको प्रयत्न तुहिने संभावना बढेको कूटनीतिक क्षेत्रको भनाई छ । नेपालको राजनीतिक तथा सुरक्षा अवस्था सहज बनि नसकेको चीनियाहरुको दावी रहदैआएको छ । त्यसबेलासम्म चीनिया राष्ट्रपति नेपाल आउने संभावना नरहेको विश्लेषकले जनाएका छन् ।

भ्रमणको आतिथ्य प्रदान गर्ने नेपाल सरकारका कुनै पनि अधिकारीले यस विषयमा कुनै आधिकारिक प्रतिकृया व्यक्त गरेका छैनन । तर परराष्ट्र मन्त्रालयका नाम उल्लेख गर्न नचाहने एक उच्च अधिकारीले विदेशमंत्री वाङको नारायणहिटीको भ्रमण सरकारी कार्यक्रमअनुसार नभई उनको व्यक्तिगत कार्यक्रम भएको संकेत नवजागरण सम्वाददातालाई गरेका छन् ।

नारायणीहिटी भवनको पूर्वपट्टी नयॉ निर्माण गरिएको गणतान्त्रिक स्मारकको भने वाङले अवलोकन नगरेकाले त्यस घटनालाई काठमाडौंको कूटनीतिक क्षेत्रले चीनिया नीतिमा परिवर्तन आउनसक्ने पूर्वसंकेतको रुपमा लिएको छ ।

चीन र भारतको निकटता बढेसंगै नेपाल मामिलामा दुवै शक्तिशाली राष्ट्रले नेपाल सम्बन्धी एउटै साझा दृष्टिकोण बनाइरहेको हल्ला कूटनीतिक क्षेत्रमा चलेकै बेलामा यो आकष्मिक अवलोकन भ्रमण भएको हो । अव तीन हप्तापछि चीनका राष्ट्रपति सी जीनपीन र भारतका प्रधानमंत्री नरेन्द्र मोदीबीच मद्रास नजिकै शिखर वार्ता हुदैछ । उक्त शिखरवार्ता बौद्ध र हिन्दु सभ्यताको सुदृढीकरणमार्फत पूर्वीय दर्शनलाई बढावा दिने कुरामा छलफल हुने बताइएको छ ।

नेपाल लगायत चीन र भारतमा बढिरहेको इसाइकरणबाट यी देशहरुमा पश्चिमा संस्कृति भित्रिएर सामाजिक अस्थिरता उत्पन्न हुनसक्ने आशंकाले दुवै देशका नेताहरु चिन्तित देखिदैआएका छन् । दुवै सभ्यताको उद्मथलो नेपाल भएकाले पनि चीन र भारत उग्रगतिमा नेपालमा भइरहेको धर्मान्तरणलाई निस्तेज पार्नुपार्नेमा एकमत रहेको बताइन्छ ।

कम्बोडियामा राजा नरोदम सिंहानुकलाई अपदस्त गरिएपछि निर्र्वािसत राजालाई चीनमा राष्ट्रप्रमुखलाई प्रदान गरिनेस्तरको विशिष्ट सुविधा दिइएको थियो । चीनको दबाबमा केही वर्षपछि कम्बोडियामा उनको राजसंस्था पुनस्र्थापना गरिनुअघि चीनिया सरकारी अधिकारीहरुले नोमपेन्हको प्रेह बरुम रिछे भेङ च्याक्तोमक सेरे मोङ्कल नामक राजप्रासादको अवलोकन गरेको स्मरणीय छ ।

नेपाल सरकार र सरकार पक्षधर आमसंचार माध्यमले चिनीया विदेशमंत्री वाङको नारायणहिटीको आकष्मिक अवलोकन भ्रमण गरेको खबर सम्प्रेषण नगरेको घटनालाई एकथरी पर्यवेक्षकले प्रायोजित ढाकछोपको संज्ञा दिएका छन् । तर चीन सम्बन्धका जानकारका अनुसार चीनिया पक्षले सो भ्रमणका बारेमा नेपाल सरकारलाई पूर्वजानकारी नदिएकोले नेपाल सरकारका मंत्री वा अन्य सरकारी अधिकारीहरुको मौकामा उपस्थित हुन नसकेको बताउंछन् । उनले “चीनलाई आफ्नो कूटनीतिक सन्देश नेपालले बुझ्ने भाषामा दिनु थियो, त्यो दिएको” दावी समेत गरे ।

नवजागरण सम्वाददाताका अनुसार चिनीया विदेशमंत्री वाङले नेपालस्थित चीनिया राजदूत, चिनीया अधिकारीहरु र आफ्नै सुरक्षा अधिकृतहरूको ठूलो डफ्फालाई साथ लिएर नारायणहिटी पुगेका हुन् । त्यसबेला अप्रत्यासित रुपमा विशिष्ट विदेशी पाउनाको भ्रमण हु‘दा नारायणहिटी संग्रालयका कर्मचारीहरु केहीबेर अलमलमा परेका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *