सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेकपाको  सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तापछि सचिवालय बैठकको मिति तोकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।

ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि त्यसलाई अनुमोदनका लागि सचिवालय बैठकमा लैजान लागिएको हो । सचिवालय बैठकबाट पारित गरेर स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *