गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १३ का २ जना र वडा नम्बर २८ र २९ का दुई जनामा संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ का दुई जना भने भारतबाट आएका व्यक्ति हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,८९५ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १,६३९ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *