भदौ १५ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने उपत्यका मेयर फोरमको निर्णय

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि फोरमले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेककासेवा बन्द गर्ने निर्णय गरेको थियो । उपत्यका मेयर फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबैको एकपटक परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए ।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोहीपनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने उनलेब ताए । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित थपिएका छन् । संक्रमण दर बढेको भन्दै सरकारले भदौ दश गतेसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *