थप ७४३ जनामा कोरोना संक्रमण, १५७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १७७, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,२३४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,२७५ जना रहेका छन् । आइसोलेसनमा १३,७१५ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८,८०० पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका एक पुरुष, मोरङका एक पुरुष, पर्साकी एक महिला, काठमाडौंकी एक महिला, रुपन्देहीकी एक महिला र तीन पुरुष गरी थप आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भेन्टिलेटरमा १५ जनाको र अइसियूमा १३८ जनाको उपचार भइरहेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *