भदौ ८, काठमाडौं । उत्तर कोरियाका ३६ वषर््िाय राष्ट्रपती किम जोङ्ग उन कोमा गएकोले उनकी बहिनी किम यो जङ्गबाट राष्ट्रप्रमुखको पद सम्हाल्ने तयारी सुरु भएको खबर छ ।
दक्षिण कोरियाका एक जना कूटनीतिज्ञ चाङ्ग सन मिनले मिडियालाई सो दावी गरेका हुन ।
चाङ्गका अनुसार किम कोमामा भए पनि राष्ट्रपतिको जीवनको अन्त्य नभइसकेको बताए ।
सत्तारुढ उत्तर कोरियाली श्रमिक पार्टीका विधायकहरुसंगको एक बैठकमा अध्यक्ष तथा राष्ट्रपतीका सबै काम र जिम्मेवारी बहिनी किम यो जङ्गले प्रयोग गरेपछि राष्ट्रपति किम कोमामा गएको हुनसक्ने अडकलबाजी चलेको हो ।
अहिले उत्तर कोरियामा उत्तराधिकारीको बारे टुङ्गो लागिनसकेकाले राजनीतिक रिक्तता नहोस भन्नका लागि बहिनी किम यो जङ्गलार्ई जिम्मेवारी सुम्पिने तयारी भएको दावी चाङ्गको रहेको छ ।
हिजोमात्रै दक्षिण कोरियाको खुफिया एजेन्सीले राष्ट्रपति किमले आफ्ना केही अधिकारहरु बहिनी र अन्य नजिकका सहयोगीलाई सुम्पिएको जनाएको थियो । तर यस कुराको स्वतन्त्र पर्यवेक्षक र उत्तर कोरियाली सरकारले पुष्टि गरेका छैनन । यसअघि पनि पटक पटक किम जोङ्ग उन अशक्त भएका झुठो समाचारहरु प्रसारित हुदैआएका थिए ।
गत तीन दिनअघि मात्र राष्ट्रपती किमले कोविद १९ संग लड्नका लागि कुनै पनि विदेशी सहयोग नलिइने घोषणा गरेका थिए ।
यसैबीच अहिलेसम्म उत्तर कोरियामा विदेशी ३ सय ८२ सहित कुल २५ हजार ९ सय ५ जनालाई क्वारेन्टाइन गरी मुक्त गरिएको जनाइएको छ । तर कति जना कोविद १९ बाट संक्रमित भएका छन् भन्नेबारे खबरमा केही पनि जनाइएको छैन ।
Leave a Reply