- तेजबहादुर बन
इटहरी । प्रदेश एककाे उदयीमान शहर इटहरी अहिले काेराेना भाइरस ( काेबिड – १९ ) संक्रमणकाे उच्च जाेखिममा परेकाे छ । इटहरीकाे अधिकांस वडाहरूमा भाइरसकाे संक्रमण पुगिसकेकाे पाइएकाे छ ।
२० वटा वार्डहरू रहेकाे इटहरी उपमहानगरमा भाइरसले पकड जमाएसंगै उच्च सतरकता अपनाउदै शहरलाइ लकडाउन गरीएकाे छ ।
अधिकांस वडाहरूमा भाइरसकाे संक्रमण फैलिएसंगै समुदाय स्तरमा काेराेना संक्रमितहरूकाे संख्या पनि बढदै गएकाे पाइएकाे छ । आइतबार दिउसाे ४ बजे सम्मकाे बिवरण अनुसार इटहरीमा काेराेना संक्रमितहरूकाे संख्या ७८ पुगिसकेकाे छ । स
वडाहरूमा संक्रमण फैलिदै गइरहेकाे बेला इटहरीकाे तिन वटा वार्डहरू सुरक्षित देखिएका छन ।
इटहरी वार्ड नं ३ , १० १३ र १५ काेराेना संक्रमणबाट सुरक्षित देखिएकाे छ । अहिले सम्म साे क्षेत्रमा एक जनामा पनि संक्रमण पुस्टी भएकाे छैन ।
सम्बन्धित वडा कार्यालयहरूले सुरक्षा सतरकतामा बिशेष ध्यान दिनुका साथै लकडाउनकाे उचित पालना गरेपछि संक्रमणबाट जाेगिदै अाएका हुन ।
सुरूवाती समयमा इटहरी २ का एक १९ वर्षीय पुरूषमा काेराेना संक्रमण पुस्टी हुदा तत्काल २ र ३ नं वार्डलाइ पुर्ण रूपमा शिल गरिएकाे थीयाे त्यहि बेला देखि उच्च सुरक्षा सतरकता अपनाउदै लकडाउनकाे पालना गरेपछि अहिले संक्रमणबाट जाेगिदै आएकाे वार्ड नं ३ का वडाध्यक्ष बालकुमार बिष्टले बताए । उनले ५० जना भन्दा बढीकाे पिसिआर चेक गर्दा सबैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे र अन्यकाे टेस्ट हुने क्रम जारी रहेकाे बताए ।
संक्रमण भित्रन नदिन गाउमा उच्च सतरकता अपनाइनुका साथै बाहिरबाट प्रवेश गरेकाहरूलाइ प्रत्यक्ष निगरानी गरिएकै कारण ३ नंमा काेराेना संक्रमण नदेखिएकाे वडाध्यक्ष बिष्टकाे दाबी छ । वार्ड नं १३ मा पनि अहिले सम्म संक्रमणकाे दर शुन्य रहेकाे छ ।
संक्रमणकाे हिसाबले हेर्ने हाे भने साे क्षेत्र उच्च जाेखिममा पर्ने स्थान पनि हाे । सुनसरी माेरङ अाैद्याेगिक करिडाेर पनि साेहि क्षेत्रमा पर्छ तर उच्च सतरकता अपनाइएकै कारण इटहरी १३ मा पनि संक्रमण नपुगेकाे वडा कार्यालय श्राेतबाट बुझिएकाे छ ।
सप्त्यतकोशी खबरका अनुसार वार्ड नं १५ मा पनि अहिले सम्म काेराेना संक्रमण देखिएकाे छैन । गाउमा उच्च सतरकता अपनाएकै कारण अहिले सम्म काेराेना संक्रमण नदेखिएकाे इटहरी १५ का वडाध्यक्ष श्रवण कुमार चाैधरीकाे भनाइ छ । हाल सम्म त्यहाकाे जनप्रतिनिधि सहित केहिकाे मात्र पिसिआर टेस्ट गरिएकाे र सबैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे वडाध्यक्ष चाैधरीले बताए ।
Leave a Reply