सुनसरी जिल्ला पूरै निषेधित एरिया

सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले ७ दिनलाई पुन जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई भदौ १४ गते सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तहहरूमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्यासमेत थपिँदै गएकाले सुनसरी जिल्लामा लागू गरिएको निषेधित क्षेत्र थप कायम राख्ने निर्णय भएको   हो ।

यसअघि साउन २१ बाट गरीएको निषेधित क्षेत्र पुन थप भएको हो  । प्रशासनले सवारी संचालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछी आउजाउ गर्न पाउने छन् ।

औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ । निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *