भदौ ७ गते, काठमाडौं । दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज अहिले बिहान १०ः३० बजे काठमाडौंबाट त्यसतर्फ उडेको छ ।
नेपाल वायू सेवा निगमकि प्रवक्ता अर्चना खड्का अनुसार उक्त विमान आजै सांझ ४ः १५ बजे दुवईबाट २६० यात्रुलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आइपुग्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि केही दिन अघि रद्द गरिएका उद्धार उडान सञ्चालन गरेको हो ।
यसअघि निगमको पांच दिनअघि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान उद्धार गरिएका यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने दायित्व बोकेको नेपाल सरकारको यो भन्दा ठूलो लापरवाही के हुन सक्छ भन्ने प्रश्न पहिले दवईबाट उद्धार गरिएका एक यात्रुले यस नवजागरण संवाददातालाई बताएका छन् ।
दुवईमा कार्यरत ती यात्रु कोरोनाको महामारी फैलेपछि नेपाल सरकारले सुरु गरेको उद्धार विमानद्वारा काठमाडौं आएपछि क्वारेन्टिनको व्यवस्था नभएपछि सोझै उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो गृहनगर नवलपरासीको गैडाकोट पुगेका थिए ।
कोजिद विरुद्ध खटिएका सरकारी निकायहरुको लापारवाही र परस्पर समन्वयको अभावका कारण पांचदिन अघि नेपाल वायूसेवा निगमको जहाज २५ टन कार्गो लिएर दुवइ गए पनि फर्किदा रित्तै फर्कनु परेको थियो । काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको कारणले झण्डै ३ सय यात्रुलाई दुवई विमानस्थलमै अलपत्र परेका थिए ।
सरकारी निकायहरुको अभावले सिर्जना गरेको यो परिस्थितिका लागि अनावश्यक रुपमा नेपाल वायूसेवा निगमलाई दोष पन्छाएर व्यवस्थापनका लागि जिम्मेवार कोविद १९ विरुद्ध गठन भएको उच्चस्तरीय समन्वय समिति पन्छिएको थियो ।
Leave a Reply