बाढी पीडित सैनी बजारका बासिन्दा आश्वासन होइन, राहत चाहन्छन्

भदौ ७, अछाम । कैलाश खोलाको बाढीले बगाएका १७ जना मध्ये १० जनाको अझै अत्तोपत्तो छैन । बाकि रहेका ७ जनाको शव भने प्रहरीले फेला पारेको छ ।
गत साता पुरानो बजार रामारोशन गापाको वाडै नम्बर ५ स्थित व्यापारिक केन्द्रको रुपमा रहेको सैनीबजारमा भदौ २ गते पसेको बाढीले बस्तीका २५ घरमध्ये २२ घर बगाएको थियो ।

यस बाढीको कारणले भएको हानीनोक्सानी र मानवीय क्षतिका कारण अहिले गाउ नै शोकमा डुबेको छ भने बस्ती पनि उजाड देखिएको छ ।

रामारोशन क्षेत्रमा रहेका १२ वटा ताल मध्येको गाग्रे ताल फुटेर पहिरो गएपछि कैलाश खोलामा भीषण बाढी आएको बताइएको छ । माथिल्लो भागमा रहेको गाग्रे ताल फुटेर कैलाश खोलामा पानी मिसिएपछि बाढी उर्लेको स्थानीय बताउछन् ।

विस्थापितहरुको पुनःस्थापनाका लागि सरकारले तत्काल आवास निर्माणसँगै अन्य राहत सहयोग उपलब्ध गराउने हिजो स्थलगत भ्रमणमा सैनी बजार पुगेका संघीय गृहमंत्री रामबहादुर बादलले स्थानीय जनतालाई आश्वासन दिएका छन् ।

स्थानीय जनता संघीय र प्रदेश सरकारहरुबाट एक सातासम्म पनि कुनै राहत नपाएकोमा आक्रोसित हुनथालेका छन् । नेपाली सेना र प्रहरीले भने तत्कालै उद्धार कार्यमा संलग्न भएको बताइएको छ ।


‘हामी बाढी पीडित आश्वासन होइन, सरकारको आपतकालीन राहतस्वरुप बसोबास, खाद्यान्न र स्वास्थ्यउपचार चाहन्छौं’ एक स्थानीयले त्यस क्षेत्रका संघीय मंत्री लेखराज भट्टलाई स्थलगत भ्रमणका क्रममा बताए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *