कोरोना संक्रमितको उपचार गरेको विवरण दुई दिनभित्र उपलव्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारबापत अनुदान उपलब्ध गराउने प्रयोजनका लागि अस्पतालहरूसँग विवरण मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार अस्तपालहरूलाई पत्र लेखी उपचार गरिएका कोरोना संक्रमितहरूको विवरण मागेको हो । पत्रमा उल्लेख भएअनुसार संक्रमितलाई घरमै क्लिनिकल निगरानी गर्दा जनही २ सय रूपैयाँ अनुदान उपलब्ध गराइने छ ।

यस्तै लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरेबापत २ हजार र अस्पतालमा भर्ना भएका बिरामीको हकमा सामान्य लक्षण भएका बिरामीको ३ हजार ५ सय, मध्यम लक्षण भएका बिरामीको ७ हजार र जटिल अवस्थाका बिरामीको उपचारबापत १५ हजार रुपैयाँ अनुदान सरकारले उपलब्ध गराउनेछ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *