१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ !
हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ५३ हजार १३ जना संक्रमितमुक्त भएका छन् भने १८ हजार ३४१ सक्रिय संक्रमित छन् ।
Leave a Reply