विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ८ लाख ७ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका २ करोड ८९ लाख ४० हजार २ सय भन्दाबढी संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २४ हजार ५६९पुगेको वल्डोमिटरमा उल्लेख छ।
संक्रमितमध्ये ७२ लाख ८ हजार ५ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६० हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६६ लाख ७६ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३९ लाख ५० हजार ३ सय भन्दाबढी निको भएका छन् भने १ लाख ९८ हजार भन्दा धेरैको ज्यान गएको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार २ सयबढी संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८ सयबढीको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४३ लाख १५ हजार ८ सय ५८ पुगेको छ भने १ लाख ३१ हजार २ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३५ लाख ५३ हजार ४ सय भन्दा बढी निको भएका छन् ।
Leave a Reply