कोरोनालाई भयावह नबनाउन प्रसाईंको आग्रह

झापा । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोनालाई भयावह बनाएको बताएका छन् । शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा कोरोना संक्रमणका विरामी रहेका तर उनीहरु सबै सामान्य अबस्थामा रहेका बताए ।

समाजमा कोरोना संक्रमितलाई अर्काे ग्रहबाट आएको मान्छे झैं गरेर गाउँमा पस्न र बस्न नदिने अवस्था सृजना गरिएको भन्दै उनले कोरोना भन्दा अन्य रोगका कारण नेपालमा धेरै मानिसको मृत्यु भएको बताए । कोरोना संक्रमणमुक्त भएर गएका मानिसलाई पनि गाउँमा पस्न नदिएर भयावह अवस्था सृजना गरेको भन्दै कार्यकारी निर्देशक प्रसाईले कोरोनालाई त्यस्तो भयावह नबनाउन आग्रह गरे । ‘मेची अञ्चलको स्वास्थ्यकोे जिम्मा बीएण्डसीलाई र क्यान्सरको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिँदा हुन्छ’ मैले पाँच छ महिना अघि नै पत्रकार सम्मेलन गरेर भनेको थिएँ, प्रसाईले भने– क्यान्सरको जिम्मा नेपालको मात्रै होइन दक्षिण पूर्वी एसियाकै जिम्मा लिने गरी दुई वटा संस्था मिलेर अघि बढेका छन् ।’

अत्याधुनिक प्रविधिका उपकरण जडित अस्पतालमा सबै रोगको उपचार हुने भन्दै कोरोना संक्रमितको समेत छुट्टै आइसोलेसन वार्डमा राखेर उपचार गर्न शुरु गरिएको प्रसाईको भनाई छ । हामीले कोरोना परीक्षणका लागि चासो देखायौं र कोरोना परीक्षण गर्दा वीएण्डसीमा कोरोना देखियो प्रसाईले भने अन्य अस्पतालले पनि विरामीको परीक्षण गर्नु हो भने सबै अस्पतालमा यसको संक्रमण देखिन्छ । कोरोना नेपालीका लागि सामान्य जस्तै भएको छ यो भन्दा भयावह अन्य रोगका कारण मृत्यु हुने मानिसको तथ्याङ्कले नै देखाउँछ ।

कार्यकारी निर्देशक प्रसाईले एउटै छाना मुनी ११० जना डक्टरको टिम आफूसँग रहेको दावी गर्दै नेपालमा अन्य कुनै अस्पतालमा पनि यस्तो जनशक्ति नरहेको बताए ।

बीएण्डसी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना संक्रमणका कारण आइसोलेसनमा हेका छन् । तर, उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका डा. राजु श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमण परीक्षण गर्दा डा. सहित केही कर्मचारीमा कोरोना संक्रमण देखियो उनीहरुमा कुनै लक्षण छैन डा. श्रेष्ठले भने– १४ दिनसम्म आइसुलेसनमा बस्ता कुनै लक्षण देखिएन र १४ दिनमा पुनः पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए सबै जना डिस्चार्ज हुन्छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले अस्पतालमा रहेको आइसोलेसनमा वस्ने कुनै पनि संक्रमितमा कुनै लक्षण नरहेको बताए । उनले संक्रमण पुष्टि भएपनि उनीहरुमा कुनै लक्षण नदेखिएकाले कुनै समस्या नभएको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नियमित विरामीको सेवा गरिरहेको उनले बताए ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *