थप १२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,८०६ जना रहेका छन् । आइसोलेसनामा १४,४४८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहीबार थप १,८१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३५,७०० पुगेको छ । आइसियूमा १६५ र भेन्टिलेटरमा २१ जनाको उपचार भइरहेको छ ।

यसैबीच कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंमा दुई पुरुष र एक महिला तथा चितवन र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले जनाएको छ ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *