थप ९७९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,२१८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,७३९ जना रहेका छन् । आइसोलेसनमा १६,२५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । निको भई सोमबार थप १,७३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३०,६७७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *