काठमाडौं । निजामती सेवा दिवस, २०७७ को अवसरमा पुरस्कृत हुने कर्मचारीहरुको नामावली सार्वजनिक भएको छ । निजामती सेवा दिवस, २०७७ को अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार पुरस्कृत कर्मचारीको नामावली सार्वजनिक गरेको हो । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सहसचिव सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, उपसचिव टामलाल पाण्डेले पाएका छन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाटै कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अधिकृत उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामाले पाएका छन् । निजामती सेवा पुरस्कारबाट भने ३० जना पुरस्कृत भएका छन् ।
Leave a Reply