विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ९३ लाख ७३ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ११ हजार २ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.९९ प्रतिशत हो ।
यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार ५ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय बढी मृत्यु भएका छन् भने २ लाख ३१ हजार ५ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ७० लाख २८ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ५९ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६४ लाख ६० हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३७ लाख २५ हजार ९ सय भन्दाबढी निको भएका छन् भने १ लाख ९३ हजार २ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । संक्रमितको संख्या ४२ लाख नाघेसँगै भारत कोरोना भाइरसको धेरै संक्रमण हुने देशको दोसा्रे सूचीमा रहेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४१ लाख ३७ हजार ६ सय ६ पुगेको छ भने १ लाख २६ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३३ लाख १७ हजार २ सय भन्दा बढी निको भएका छन् ।
Leave a Reply