उद्योगपति चौधरी कोरोना संक्रमण मुक्त

काठमाडौं । उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले शनिबार राति ट्विट गर्दै १० दिनपछि आफू कोरोनाबाट मुक्त भएको जनाएका हुन् । उनले भनेका छन्, ‘तपाईँहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तबासमा ठूलो उर्जा दियो। त्यही ऊर्जाका कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु।’

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *