१०४१ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४५,२७७ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १२,४७३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन् । आइसोलेसनमा १७,८७० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार थप १,५६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७,१२७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ पुरुष छन् । मोरङ, मकवानपुर, नवलपरासीका एक एक महिला तथा पर्सा, महोत्तरी, र रुपन्देहीमा एक एक तथा काठमाडौंमा तीन पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *