१३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर १३,६३८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन् ।

आइसोलेसनमा १८,४०४ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १३५४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २५,५६१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १५१ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र दश पुरुष गरी थप १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका तीन र चितवनकी एक महिलाको मृत्यु भएको छ । त्यस्तै, सप्तरी, धनुषा, कास्की, नवलपरासी, प्यूठान, रुपन्देही, पाल्पा र सुर्खेतमा एक एक जना पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *