विश्वमा २ करोड ५९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ५९ लाख ७ सय ५ पुगेको छ । जसमध्ये १ करोड ८१ लाख ९३ हजार ६ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६१ हजार २ सय नाघेको छ ।
संक्रमितमध्ये ६८ लाख ४५ हजार ८ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ५ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३६ लाख ११ हजार ३१३, उत्तर अमेरिकी मुलुकहरूमा ७४ लाख ९ हजार ५९९,एसियाली मुलुकहरूमा ७१ लाख ८८ हजार ५३१,दक्षिण अमेरिकी मुलुकहरूमा ६३ लाख ८७ हजार ९३७, अफ्रिकी मुलुकहरूमा १२ लाख ६४ हजार ४१७, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८ हजार ६५६ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६२ लाख ५७ हजार ५ सय नाघेको छ । कोरोनाका कारण १ लाख ८८ हजार ९ सय जनाको मृत्यु भएको छ भने ३४ लाख ९६ हजार ९ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३९ लाख ५२ हजार ७ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २२ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३१ लाख ५९ हजार भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा ३७ लाख ६६ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६ हजार ४ सय नाघेको छ । संक्रमितमध्ये २८ लाख ९९ हजार ५ सय भन्दा धेरै निको भएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *