भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

उनका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् । उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहनुभएका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।

उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकिी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *