कोरोना संक्रमित रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु

बुटवल । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गएराति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने बताइएको छ ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *